• Menu

प्रतितोला १७ सयले घट्यो सुनको मूल्य

नेपाल प्रफिट

२०८१ पुस ४, ११:१९

प्रतितोला १७ सयले घट्यो सुनको मूल्य

काठमाडौं । सुनको मूल्य बिहीबार प्रतितोला एक हजार सात सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला एक लाख ५० हजार ७ सय रुपैयाँमा कारोबार भएको सुन आजका लागि एक लाख ४९ हजार रुपैयाँ निर्धारण भएको हो ।

बिहीबार चाँदीको मूल्य पनि घटेको छ । आज चाँदीको मूल्य प्रतितोला एक हजार ७८० रुपैयाँ निर्धारण भएको महासंघले जनाएको छ । बुधबार चाँदी प्रतितोला ८३५ रुपैयाँमा कारोबार भएको थियो ।