• Menu

सुनको भाउले आज पनि बनायो रेकर्ड, प्रतितोला १ लाख ७१ हजार निर्धारण

नेपाल प्रफिट

२०८१ कात्तिक १५, ११:१०

सुनको भाउले आज पनि बनायो रेकर्ड, प्रतितोला १ लाख ७१ हजार निर्धारण

काठमाडौं । सुनको मूल्य प्रतितोला १ लाख ७१ हजार रुपैयाँ पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुन प्रतितोला तीन सय रुपैयाँ बढेर १ लाख ७१ हजार रुपैयाँ निर्धारण भएको हो । यो हालसम्मकै उच्च मूल्य हो ।

बुधबार सुनको मूल्य प्रतितोला २२ सय रुपैयाँ बढेर १ लाख ७० हजार ७ सय रुपैयाँ पुगेको थियो ।

चाँदी भने आज घटेको छ । बुधबार २१ सय २० रुपैयाँमा कारोबार भएको चाँदी आजका लागि २ हजार ९० रुपैयाँ निर्धारण भएको महासंघले जनाएको छ ।