काठमाडौं । सुनको मूल्य प्रतितोला २२ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुन प्रतितोला २२ सय रुपैयाँ बढेर १ लाख ७० हजार ७ सय रुपैयाँ निर्धारण भएको हो । यो हालसम्मकै उच्च मूल्य हो ।
मंगलबार सुनको मूल्य प्रतितोला १ लाख ६८ हजार ५ सय रुपैयाँ थियो भने सोमबार प्रतितोला १ लाख ६७ हजार रुपैयाँ थियो । चाँदी पनि सामान्य बढेको छ । मंगलबार प्रतितोला २१ सय ५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य बुधबारका लागि २१ सय २० रुपैयाँ निर्धारण भएको महासंघले जनाएको छ ।