• Menu

सुनको मुल्य घट्यो, तोलाको कति पुग्यो ?

नेपाल प्रफिट

२०८१ कात्तिक १२, ११:३८

सुनको मुल्य घट्यो, तोलाको कति पुग्यो ?

काठमडौँ । सोमबार सुनको मुल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुन तोलामा ४ सयले घटेर तोलाको एक लाख ६७ हजारमा कारोबार भएको छ ।

यस अघि आइतबार अहिलेसम्मकै उच्च सुन तोलाको एक लाख ६७ हजार ४ सयमा कारोबार भएको थियो ।

त्यस्तै सोमबार चाँदीको मूल्य पनि घटेको छ । सोमबार चाँदी प्रतितोला २० रुपैयाँले घटेर २०६५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ