• Menu

महादेवटार सुरुङको ‘ब्रेक थ्रु’, द्रुतमार्गको भौतिक प्रगति ५०.५४ प्रतिशत पुग्यो

नेपाल प्रफिट

२०८३ मंसिर २, बुधबार १२:४७

महादेवटार सुरुङको ‘ब्रेक थ्रु’, द्रुतमार्गको भौतिक प्रगति ५०.५४ प्रतिशत पुग्यो

मकवानपुर । काठमाडौं-तराई/मधेस द्रुतमार्गअन्तर्गत मकवानपुरको महादेवटारमा निर्माण गरिएको सबैभन्दा लामो सुरुङको बुधबार ‘ब्रेक थ्रु’ गरिएको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले भीमफेदी र बकैया गाउँपालिका जोड्ने उक्त सुरुङको ब्रेक थ्रु गरेका हुन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले काठमाडौं-तराई/मधेस द्रुतमार्ग देशको आर्थिक समृद्धि र राष्ट्रिय एकताका लागि महत्त्वपूर्ण आयोजना भएको बताए । उनले द्रुतमार्ग निर्माणमा नेपाली सेनाले देखाएको तदारुकताको प्रशंसासमेत गरे ।

कार्यक्रममा पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले आयोजनाको निर्माण कार्य निर्धारित समयमै सम्पन्न गर्न सम्बन्धित पक्षलाई निर्देशन दिए ।

नेपाली सेनाको व्यवस्थापनमा निर्माण भइरहेको राष्ट्रिय गौरवको उक्त आयोजनाको भौतिक प्रगति हालसम्म ५०.५४ प्रतिशत पुगेको कार्यक्रममा जानकारी दिइएको थियो ।

महादेवटार सुरुङको ब्रेक थ्रु भएसँगै काठमाडौंलाई तराई-मधेससँग जोड्ने द्रुतमार्ग निर्माणले थप महत्त्वपूर्ण चरण पार गरेको छ ।

सम्बन्धित समाचार