मुस्ताङ । जिल्लाको घरपझोङ गाउँपालिकाका पाँचवटै वडा जोड्ने चक्रपथ सडकअन्तर्गत ठिनी खोलामा नवनिर्मित पक्की पुल उद्घाटन गरिएको छ ।
गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री नन्दप्रसाद न्यौपानेले ४ करोड ४६ लाखको लागतमा निर्माण सम्पन्न भएको उक्त पुलको आज उद्घाटन गरेका हुन् ।
मन्त्रालयअन्तर्गत निर्माण भएको ३५ मिटर लम्बाइ र ८.४ मिटर चौडाइको उक्त पुल सञ्चालनमा आएपछि पर्यटकीय गन्तव्य ढुम्बाताल, ढुम्बा, सम्ले, छैरो, चिमाङ, ठिनी र मार्फा क्षेत्रमा बाह्रै महिना सडक आवागमन सहज हुने भएको छ ।