• Menu

मुगु जिप दुर्घटनाका दुई घाइतेलाई हेलिकप्टरमार्फत सुर्खेत पठाइयो

नेपाल प्रफिट

२०८३ कात्तिक ३०, सोमबार १२:४८

मुगु जिप दुर्घटनाका दुई घाइतेलाई हेलिकप्टरमार्फत सुर्खेत पठाइयो

मुगु । काठमाडौंबाट रारा तालतर्फ आइरहेको बागमती बा १७ च १८६४ नम्बरको जिप आइतबार दुर्घटना हुँदा घाइते भएका दुई जनालाई थप उपचारका लागि सोमबार सुर्खेत पठाइएको छ ।

उक्त दुर्घटनामा घाइते भएका चालक ललितपुरका कन्चन थापा र अन्जु थापालाई थप उपचारका लागि नेपाली सेनाको हेलिकप्टरमार्फत सुर्खेत पठाइएको प्रहरी नायब उपरीक्षक रविराज थपलियाले जानकारी दिए ।

उक्त जिप जिल्लाको छायाँनाथ रारा नगरपालिका-७, टोप्लास्थित भिरबाट ६०० मिटर तल खसेको थियो । दुर्घटनामा परी जिपमा सवार पाँच जनामध्ये काठमाडौं कलङ्कीका विजय बस्नेत, रमेश पिडारी र पूर्णकुमार थापाको मृत्यु भएको थियो ।

मृतक तीनै जनाको शव जिल्ला अस्पतालमा शवपरीक्षण भएपछि आफन्तलाई हस्तान्तरण गरिने नायब उपरीक्षक थपलियाले जानकारी दिए ।