• Menu

सिद्धार्थ बैंकको २० प्रतिशत लाभांश पारित

नेपाल प्रफिट

२०८३ असोज २८, बुधबार १३:४९

सिद्धार्थ बैंकको २० प्रतिशत लाभांश पारित

काठमाडौं । सिद्धार्थ बैंकले सेयरधनीका लागि प्रस्ताव गरेको २० प्रतिशत लाभांश पारित भएको छ । बैंकको बुधबार सम्पन्न साधारणसभाले सञ्चालक समिति बैठकले प्रस्ताव गरेअनुसारको लाभांश पारित गरेको हो ।

यससँगै असोज १५ सम्म कायम सेयरधनीले १० प्रतिशत बोनस र १० प्रतिशत नगद लाभांश (करसहित) पाउने भएका छन् । साधारणसभाले अग्राधिकार सेयरधनीलाई ८.२५ प्रतिशत नगद लाभांश (कर प्रयोजनसहित) वितरण गर्ने प्रस्ताव पनि पारित गरेको छ ।

आर्थिक वर्ष २०८२/८३ मा बैंकले ३ अर्ब ४७ करोड खुद नाफा आर्जन गरेको छ । बैंकको पुँजी आधार, जगेडा कोष तथा नेटवर्थमा भएको उल्लेखनीय वृद्धिले बैंकको दीर्घकालीन स्थायित्व तथा भविष्यको व्यवसायिक सम्भावनालाई अझ बलियो बनाएको छ ।