काठमाडौं । एमएडब्लू वृद्धि अटोकर्प प्रालिअन्तर्गत धनगढी क्षेत्रका लागि चांगनको आधिकारिक डिलर ग्लोबल प्रालिले कैलालीको धनगढी–१३, राजपुरमा सोरूम उद्घाटनसँगै बहुप्रतीक्षित चांगन नेभो क्यू०५ सार्वजनिक गर्ने तयारी गरेको छ ।
सोरूमको उद्घाटन असोज २६ गते बिहान गरिनेछ भने सोही दिन साँझ नेभो क्यू०५ को औपचारिक सार्वजनिक कार्यक्रम आयोजना गरिनेछ । ग्राहकले असोज २६ देखि २९ सम्म धनगढीस्थित दिपल सोरूममा सञ्चालन हुने चारदिने टेस्ट ड्राइभ क्याम्पमार्फत नेभो क्यू०५ को प्रत्यक्ष अनुभव लिन सक्नेछन् ।
चांगनको मुख्य नयाँ ऊर्जा सवारीसाधन लाइनअपका रूपमा रहेको नेभोले अत्याधुनिक विद्युतीय मोबिलिटीलाई व्यापक ग्राहक वर्गसम्म पुर्याउने लक्ष्य राखेको छ ।
विश्वव्यापी सहरी प्रिमियम विद्युतीय एसयूभी तथा ‘न्यु इनर्जी स्मार्ट लिभिङ इनेबलर’ का रूपमा स्थापित नेभो क्यू०५ मा आधुनिक डिजाइन, उन्नत प्रविधि र दैनिक जीवनका लागि आवश्यक व्यावहारिक सुविधाहरूको संयोजन रहेको छ ।
यसले ‘आराम, डिजाइन र प्रविधिमा एक श्रेणी माथि’ (अ क्लास अबभ इन कम्फर्ट, डिजाइन एन्ड टेक्नोलोजी) भन्ने अवधारणालाई आत्मसात गरेको छ । नेभो क्यू०५ मा सहरी यात्राका लागि उपयुक्त आकारसँगै फराकिलो र आरामदायी केबिन उपलब्ध छ ।
दुई हजार ७३५ मिलिमिटरको ह्विलबेसले विशेषगरी पछाडिको सिटमा बस्ने यात्रुका लागि पर्याप्त ठाउँ र आराम प्रदान गर्ने गरी यसको डिजाइन गरिएको छ । पछाडिका सिटलाई आवश्यकताअनुसार ढल्काउन सकिने सुविधाले यात्रालाई थप सहज बनाउँछ । साथै, ५४० लिटर क्षमताको बुट स्पेसले सामान, किनमेल तथा पारिवारिक यात्राका लागि पर्याप्त ठाउँ उपलब्ध गराउँछ ।
नेभो क्यू०५ को अर्को प्रमुख विशेषता यसको आकर्षक डिजाइन हो । चांगनको विश्वव्यापी डिजाइन नेटवर्कमार्फत विकसित यस गाडीमा परिष्कृत शैली र व्यावहारिकतालाई प्राथमिकता दिइएको कम्पनीले जनाएको छ ।
यसको आकर्षक बाह्य बनावट, विशिष्ट लाइटिङ डिजाइन र प्रभावशाली रोड प्रेजेन्सले यसलाई अन्तर्राष्ट्रिय स्तरमा पहिचान दिलाएको छ । यसले प्रतिष्ठित ‘गोल्डेन ए’ डिजाइन अवार्डसमेत प्राप्त गरेको छ । चांगनको विश्वव्यापी डिजाइन नेतृत्वमा फक्सवागन ग्रुपका पूर्व डिजाइन प्रमुख तथा चांगनका ग्लोबल डिजाइन उपाध्यक्ष क्लाउस जिचियोरा (क्लाउस जिचियोरा) समेत रहेका छन् ।
प्रविधिको क्षेत्रमा नेभो क्यू०५ मा ५१.९ किलोवाट आवर क्षमताको सीएटीएल लिथियम आइरन फस्फेट (एलएफपी) ब्याट्री जडान गरिएको छ, जसमा चांगनको गोल्डेन सिल्ड २.० ब्याट्री प्रविधि समावेश रहेको कम्पनीले जनाएको छ ।
यसले ३सी फास्ट चार्जिङ प्रविधिलाई समर्थन गर्छ भने अधिकतम १६२ किलोवाटसम्मको डिसी चार्जिङ क्षमता प्रदान गर्छ । उपयुक्त चार्जिङ अवस्थामा ब्याट्रीलाई करिब १५ मिनेटमै ३० प्रतिशतबाट ८० प्रतिशतसम्म चार्ज गर्न सकिन्छ । १२० किलोवाटको विद्युतीय मोटरबाट सञ्चालित नेभो क्यू०५ ले एनइडिसी परीक्षण चक्रअनुसार ४६२ किलोमिटरसम्मको ड्राइभिङ रेन्ज प्रदान गर्छ ।
यसको ऊर्जा खपत प्रति १०० किलोमिटर १२.९ किलोवाट आवर छ । यी विशेषताले नेभो क्यू०५ लाई दैनिक आवतजावतदेखि लामो दूरीको यात्रासम्मका लागि उपयुक्त र व्यावहारिक विद्युतीय एसयुभीका रूपमा प्रस्तुत गरेका छन् । नेभो क्यू०५ ले चीनको बजारमा समेत उल्लेखनीय सफलता हासिल गरेको छ ।
सन् २०२६ अगस्टको अन्त्यसम्म यस मोडलको कुल बिक्री १ लाख २५ हजार युनिटभन्दा बढी पुगेको बताइएको छ । आकर्षक डिजाइन, आधुनिक प्रविधि र व्यावहारिक सुविधाहरूको संयोजनका कारण यस मोडलले आफ्नो घरेलु बजारमा ग्राहकको उल्लेखनीय चासो प्राप्त गरेको छ ।
धनगढीमा नेभो क्यू०५ को आगमनसँगै सुदूरपश्चिम प्रदेशका ग्राहकले चांगनका नयाँ ऊर्जा मोबिलिटी समाधानहरू अझ सहज रूपमा प्राप्त गर्न सक्नेछन् । नयाँ सोरूमले सवारीसाधन बिक्री, ग्राहकसँगको अन्तर्क्रिया तथा बिक्रीपछिको सेवा उपलब्ध गराउने स्थानीय केन्द्रका रूपमा काम गर्नेछ । यसले यस क्षेत्रमा चांगन ब्रान्डको उपस्थितिलाई थप सुदृढ बनाउने अपेक्षा गरिएको छ ।