काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईं फेरि पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय साइबर ब्युरो, भोटाहिटीले प्रसाईंलाई भक्तपुरबाट पक्राउ गरेको हो ।
प्रसाईंलाई के कारणले पक्राउ गरिएको हो भन्नेबारे प्रहरीले औपचारिक रूपमा केही जानकारी दिएको छैन ।
प्रसाईं यसअघि पनि पटक-पटक पक्राउ पर्दै छुट्दै आएका छन् । उनीमाथि विभिन्न समयमा साइबर अपराधसम्बन्धी आरोपमा अनुसन्धान हुँदै आएको छ ।
पछिल्लो पक्राउबारे थप विवरण प्रहरीले सार्वजनिक गर्न बाँकी छ ।