काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले आफ्नो पदबाट राजीनामा दिएकी छन् ।
मन्त्री यादवले आज प्रधानमन्त्री बालेन शाहसमक्ष राजीनामा बुझाएकी हुन् । उनले प्रधानमन्त्रीसमक्ष आफ्नो राजीनामा पत्र बुझाउँदै पदबाट अलग हुने निर्णय लिएको बताइएको छ ।
यादवको राजीनामाको कारणबारे भने तत्काल विस्तृत विवरण सार्वजनिक भएको छैन । राजीनामाबारे सरकारका तर्फबाट औपचारिक धारणा आउन बाँकी छ।