काठमाडौं । नेपाली कांग्रेसले भोटेकोशी र रसुवा क्षेत्रका बाढीपीडितका लागि प्रधानमन्त्री राहत कोषमा एक करोड आर्थिक सहयोग गरेको छ।
सोमबार अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई पार्टीको तर्फबाट एक करोडको चेक हस्तान्तरण गरेका हुन् ।
चेक हस्तान्तरण कार्यक्रममा कांग्रेसका कोषाध्यक्ष उमेश श्रेष्ठलगायतका नेताहरूको सहभागिता रहेको थियो ।
बाढी तथा पहिरोबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनामा सहयोग पुर्याउने उद्देश्यले पार्टीले उक्त रकम प्रधानमन्त्री राहत कोषमा उपलब्ध गराएको जनाएको छ ।