• Menu

बाढीबाट प्रभावित नुवाकोटको बट्टार र त्रिशूली बजारमा विद्युत सेवा पुनःसुचारु

नेपाल प्रफिट

२०८३ भदौ ११, बिहीबार १५:५०

बाढीबाट प्रभावित नुवाकोटको बट्टार र त्रिशूली बजारमा विद्युत सेवा पुनःसुचारु

काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण प्रभावित नुवाकोटका बट्टार र त्रिशूली बजार क्षेत्रमा विद्युत सेवा पुनःसुचारु भएको छ ।

नेपाल विद्युत प्राधिकरणले वैकल्पिक व्यवस्थामार्फत बालाजु-त्रिशूली र चपली-देवीघाट ६६ केभी प्रसारण लाइनलाई ११ केभीमा चार्ज गरी प्रभावित क्षेत्रमा विद्युत आपूर्ति सञ्चालनमा ल्याएको हो ।

बाढीका कारण नियमित विद्युत आपूर्ति प्रणालीमा क्षति पुगेपछि प्राधिकरणले उपलब्ध प्रसारण संरचनाको वैकल्पिक प्रयोग गर्दै प्रभावित क्षेत्रमा विद्युत सेवा पुनर्स्थापना गर्ने काम अघि बढाएको थियो ।

वैकल्पिक व्यवस्थाबाट विद्युत् आपूर्ति सञ्चालनमा आएपछि बट्टार, त्रिशूली बजारलगायत आसपासका क्षेत्रमा विद्युत सेवा सुचारु भएको प्राधिकरणले जनाएको छ ।

बाढीबाट क्षतिग्रस्त विद्युत संरचनाको मर्मत तथा पुनर्स्थापनालाई तीव्रता दिँदै प्रभावित सबै क्षेत्रमा विद्युत सेवा नियमित बनाउने काम भइरहेको प्राधिकरणले जनाएको छ ।