• Menu

६२ जना सवार भियतनामी जहाज दक्षिण चीन सागरमा दुर्घटनाग्रस्त, ४८ जनाको जीवितै उद्धार

नेपाल प्रफिट

२०८३ साउन १२, १२:०८

६२ जना सवार भियतनामी जहाज दक्षिण चीन सागरमा दुर्घटनाग्रस्त, ४८ जनाको जीवितै उद्धार

एजेन्सी । दक्षिण चीन सागरमा डुबेको भियतनामी झण्डावाहक जहाज खोइ गुयेन-१८ बाट ४८ जनाको सकुशल उद्धार गरिएको छ । उद्धार गरिएका सबै भियतनामी नागरिक हाल आफ्ना घर फर्कने क्रममा रहेको भियतनामको विदेश मन्त्रालयलाई उद्धृत गर्दै स्थानीय सञ्चारमाध्यमले जनाएको छ।

मन्त्रालयका अनुसार सोमबारसम्म सञ्चालन गरिएको खोज तथा उद्धार अभियानमा ४८ जनालाई जीवितै उद्धार गरिएको हो । उद्धार गरिएका व्यक्तिहरूलाई चिनियाँ उद्धार टोलीले सुरक्षित स्थानमा पुर्‍याएर आवश्यक स्वास्थ्य उपचारसमेत उपलब्ध गराएको जनाएको छ ।

भियतनामी अधिकारीहरूले अझै बेपत्ता रहेका यात्रुको खोजी कार्य जारी रहेको बताएका छन्।

६२ जना यात्रु सवार उक्त जहाज दक्षिण चीन सागरस्थित नान्सा टापु समूहको योङ्सु रिफ नजिक प्रतिकूल मौसमका कारण डुबेको प्रारम्भिक जानकारी सार्वजनिक गरिएको छ।

सम्बन्धित समाचार