• Menu

सर्वोच्चको आदेशपछि सम्पत्ति छानबिन आयोगका सम्पूर्ण कार्य स्थगित

नेपाल प्रफिट

२०८३ असार ३२, १६:१६

सर्वोच्चको आदेशपछि सम्पत्ति छानबिन आयोगका सम्पूर्ण कार्य स्थगित

काठमाडौं । सम्पत्ति छानबिन आयोगले सम्पत्ति विवरण संकलन र छानबिनसम्बन्धी सम्पूर्ण कार्य स्थगन गरेको छ ।

आयोगले बिहीबार एक सूचना जारी गर्दै सर्वोच्च अदालतबाट यही असार ३१ गतेको आदेशअनुसार रिट निवेदनको अन्तिम टुंगो नलागेसम्म छानबिन स्थगन गरिएको जनाएको हो ।

आयोगले पूर्वन्यायाधीश, संवैधानिक आयोगका पूर्वपदाधिकारी र नेपाली सेनाका पूर्वपदाधिकारीबाहेकका अन्य सार्वजनिक जवाफदेहीको जिम्मेवारी निर्वाह गरेका राजनीतिक पदाधिकारी तथा कर्मचारीको सम्पत्ति विवरण संकलन गरिरहेको थियो ।

आयोगले सम्पत्ति विवरण बुझाउने म्याद आजसम्मका लागि तोकेको थियो ।