• Menu

२६ वर्षदेखि बन्द हेटौंडा कपडा उद्योग ब्युँताउने सरकारको प्रयास, मेसिनरी परीक्षण अघि बढ्यो

नेपाल प्रफिट

२०८३ असार २३, १८:३७

२६ वर्षदेखि बन्द हेटौंडा कपडा उद्योग ब्युँताउने सरकारको प्रयास, मेसिनरी परीक्षण अघि बढ्यो

मकवापुर । लामो समयदेखि बन्द  हेटौंडा कपडा उद्योगलाई पुनः सञ्चालनमा ल्याउने  हेतुले कारखानाको भौतिक पूर्वाधार तथा उपकरणको अवस्था एवं  परीक्षण अघि बढेको छ ।

सरकारले उद्योगको पुनः सञ्चालनको तयारी गरेसँगै सम्बद्ध निकायबाट त्यहाँको उपकरणको परीक्षण लगायतका काम अघि बढेको औद्यागिक क्षेत्र व्यवस्थापन लिमिटेड हेडौंडा कार्यालयका सूचना अधिकारी हिमालय भण्डारीले जानकारी दिए ।

उद्योग २०३२ सालमा स्थापना भएको थियो । २०३५ सालदेखि  २०५६ साल सम्म कपडा उत्पादन भइ २०५७ साल देखि उद्योग बन्द भएको थियो ।

यसवर्ष सरकारले उद्योगको पुनः सञ्चालनमा ल्याउने तयारी गरेसँगै सरकारी तबरबाट सम्बद्ध निकायले स्थलगत अनुगमनसँगै सक्रियता बढाइरहेको उनले बताए । कपडा उद्योगसँगै बुटवल धागो र बाँकेको कपास उत्पादन कारखाना पनि बन्द छन् ।