• Menu

‘राष्ट्र ऋण उठाउने विधेयक’ राष्ट्रियसभाबाट सर्वसम्मतिले स्वीकृत

नेपाल प्रफिट

२०८३ असार २३, १७:५०

‘राष्ट्र ऋण उठाउने विधेयक’ राष्ट्रियसभाबाट सर्वसम्मतिले स्वीकृत

काठमाडौं । राष्ट्रियसभा बैठकले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त राष्ट्र ऋण उठाउने विधेयक, २०८३ माथि विचार गरियोस भन्ने प्रस्ताव स्वीकृत गरेको छ ।
सभाको मंगलबारको बैठकमा अर्थमन्त्री डा. वाग्लेले प्रस्ताव प्रस्तुत गरेको उक्त प्रस्ताव बैठकले सर्वसम्मतिले स्वीकृत गरेको हो । उक्त प्रस्ताव प्रस्तुत गर्दै मन्त्री डा वाग्लेले सरकारले सहुलियत ऋण मात्रै लिएको स्पष्ट पारे ।
यसअघि उक्त प्रस्तावमाथिको छलफलमा सांसदहरु रामकुमारी झाक्री,  प्रेमप्रसाद दंगाल र खम्मबहादुर खातीले भाग लिदै आ-आफ्नो धारणा व्यक्त गरेका थिए ।
राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले आजको बैठक पाँच मिनेटका लागि स्थगित गरेका छन् ।