
काठमाडौं । स्थानीय बजारमा आइतबार सुनको मूल्य तोलामा एक हजार २०० ले बढेको छ ।
गत शुक्रबार प्रतितोला दुई लाख ९२ हजारमा कारोबार भएको छापावाला सुनको मोल आज दुई लाख ९३ हजार २०० निर्धारण भएको छ ।
चाँदीको मूल्य तोलामा ५५ ले बढेको छ । शुक्रबार प्रतितोला चाँदी चार हजार ८४० मा कारोबार भएको थियो । गत शुक्रबार चार हजार ८९५मा किनबेच भएको थियो ।
अन्तरराष्ट्रिय बजारमा आज सुन प्रतिऔँस चार हजार २१० अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
Copyright © Nepal Profit - 2026 / Developed By Webtech Nepal