• Menu
s

याङगो राइडको एक वर्ष पूरा

नेपाल प्रफिट

२०८३ जेठ २८, ०६:४५

याङगो राइडको एक वर्ष पूरा

काठमाडौं । विश्वव्यापी प्रविधि कम्पनी याङगो ग्रुपअन्तर्गतको याङगो राइडले नेपालमा आफ्नो पहिलो वर्ष पूरा गरेको छ । एक वर्षको अवधिमा कम्पनीले सुरक्षित, किफायती र भरपर्दो यात्रा सेवा प्रदान गर्दै हजारौं मानिसहरूका लागि आम्दानीका अवसर सिर्जना गरेको छ।

मे २०२५ मा नेपालमा सेवा सुरु भएपछि याङे राइड मार्फत २२६ मिलियन किलोमिटरभन्दा बढी यात्रा सम्पन्न भएको छ । हाल प्रत्येक महिना १० लाखभन्दा बढी मानिस याङगो राइड प्रयोग गरिरहेका छन् ।

याङगोको मोटो सेवाले पनि उल्लेखनीय वृद्धि हासिल गरेको छ । पछिल्लो ६ महिनामा मोटो यात्राको संख्या २४७ प्रतिशतले बढेको छ भने प्लेटफर्मले औसत ३० प्रतिशत मासिक वृद्धि कायम राखेको छ ।