• Menu
s

बजेट २०८३/८४

कर्मचारीको तलबमा २१ प्रतिशत वृद्धि, न्यूनतम तलब ४० हजार

नेपाल प्रफिट

२०८३ जेठ १५, शुक्रबार १७:४४

कर्मचारीको तलबमा २१ प्रतिशत वृद्धि, न्यूनतम तलब ४० हजार

काठमाडौं । सरकारले सरकारी कर्मचारीको तलबमा २१ प्रतिशत वृद्धि गरेको घोषणा गरेका छन् । सरकारले कर्मचारीको न्यूनतम तलब ४० हजार हुनेगरी वृद्धि गरेको हो ।

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संघीय संसदको संयुक्त सदनमा शुक्रबार आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट सार्वजनिक गर्दै तलब वृद्धि आधारभूत मासिक तलबको १० प्रतिशत र कार्यसम्पादन मूल्यांकनका आधारमा बाँकी वृद्धि हुने घोषणा गरेका हुन् । अर्थमन्त्रीले महँगी भत्तालाई निरन्तरता दिएको बताएका छन् ।