• Menu
s

भारतीय विदेशमन्त्री जयशंकरको निमन्त्रणामा परराष्ट्रमन्त्री खनालको भारत भ्रमणमा जाने

नेपाल प्रफिट

२०८३ जेठ २१, १७:१५

भारतीय विदेशमन्त्री जयशंकरको निमन्त्रणामा परराष्ट्रमन्त्री खनालको भारत भ्रमणमा जाने

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल भारतका विदेशमन्त्री डा. एस जयशंकरको मैत्रीपूर्ण निमन्त्रणामा यही जेठ २२ देखि २४ गतेसम्म भारतको औपचारिक भ्रमणमा जाने भएका छन् ।

भ्रमणका क्रममा परराष्ट्रमन्त्री खनालले उनका समकक्षी डा. जयशंकरसँग औपचारिक भेटवार्ता गर्नुहुने परराष्ट्र मन्त्रालयले जनाएको छ । भेटमा उनीहरूबीच द्विपक्षीय व्यापार, लगानी, सम्पर्क सञ्जाल (कनेक्टिभिटी), ऊर्जा तथा जनस्तरका सम्बन्धलगायत विषयमा छलफल हुनेछ ।

उच्चस्तरीय भ्रमणको नियमित आदानप्रदानको एक हिस्साका रूपमा यस भ्रमणले नेपाल र भारतबीच रहीआएको बहुआयामिक सम्बन्धलाई अझ सुदृढ तुल्याउने सहयोग गर्ने विश्वास लिइएको छ । परराष्ट्रमन्त्री खनाल यही जेठ २४ गते काठमाडौं फर्कने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ ।