
काठमाडौं । सुनचाँदीको मूल्य दुई दिनमा १५ हजार २ सयले घटेको छ । आज सुन तोलामा पाँच हजार १०० र चाँदी ९० ले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसाय महासंघका अनुसार आज एक तोला सुनको मोल दुई लाख ८६ हजार ७०० कायम भएको छ । एक तोला चाँदीको मूल्य चार हजार ६५० निर्धारण भएको छ ।
हिजो एक तोला सुन दुई लाख ९१ हजार ८०० र त्यति नै परिमाणको चाँदी चार हजार ७४० मा कारोबार भएको थियो ।
गत मंगलबार एक तोला सुन तीन लाख एक हजार ९०० र चाँदी चार हजार ९२५ मा किनबेच भएको थियो ।
अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार अन्तरराष्ट्रिय बजारमा आज एक औँस सुन चार हजार १०० र त्यति नै परिमाणको चाँदी ६३ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
Copyright © Nepal Profit - 2026 / Developed By Webtech Nepal