
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले स्थानीय र प्रदेश तहको निर्वाचनलाई लक्ष्य गरेर केन्द्रीय सदस्यहरुलाई ‘मिसन जागरण’ का निम्ति परिचालन गरेको छ ।
आगामी निर्वाचनमा पार्टीका पक्षमा मतदातालाई पार्न एमालेले सो अभियान सञ्चालन गर्न लागेको पार्टीका प्रचार तथा प्रकाशन विभाग प्रमुख निरज आचार्यले जानकारी दिए ।
जनतासँगको सम्बन्ध सुधारका लागि एमालेले ‘६ ज’ को नीति प्रस्तुत गर्दै ‘जनतामा जाऔँ, जनताका कुरा सुनौँ, जनप्रिय बनौँ, जनसंगठन परिचालन गरौँ, जबजलाई आत्मसात् गरौँ र जनमत सर्वेक्षणका आधारमा समेत प्रत्येक तहमा प्रतिस्पर्धामा सफलता हासिल गर्न सक्ने योग्य र सक्षम नेतृत्व तयार गरौँ’ भन्ने आह्वानसहित कार्ययोजनाको विवरण पठाएको उनले जानकारी दिए ।
Copyright © Nepal Profit - 2026 / Developed By Webtech Nepal