• Menu

सुनचाँदीको भाउ घट्यो

नेपाल प्रफिट

२०८१ चैत ३, १०:५१

सुनचाँदीको भाउ घट्यो

काठमाडौं । स्थानीय बजारमा सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ । आज सुन प्रतितोला चार सय र चाँदी प्रतितोला १० ले घटेको हो ।

शुक्रबार प्रतितोला एक लाख ७४ हजार पाँच सयमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला एक लाख ७४ हजार एक सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यसैगरी, आज प्रतितोला चाँदी दुई हजार ४५ रुपैयाँमा किनबेच हुने छ । अन्तरराष्ट्रिय बजारमा आज प्रतिऔंस सुन २९८६.६५ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।