काठमाडौं । नेपाली बजारमा सुनको मूल्य प्रतितोला २३ सय रुपैयाँ बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला १ लाख ६७ हजार ५ सय रुपैयाँका दरले कारोबार भएको सुनको मूल्य आज बिहीबारका लागि १ लाख ६९ हजार ८ सय रुपैयाँ निर्धारण भएको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अन्तर्राष्ट्रिय बजारमा भने सुनको भाउ बढेकाले नेपाली बजार पनि प्रभावित भएको हो । आज अन्तर्राष्ट्रिय बजारमा प्रतिऔंस सुनको मूल्य २९१८.६६ डलरमा कारोबार भइरहेको छ ।
बिहीबार चाँदीको मूल्य ३५ रुपैयाँ बढेको छ । बुधबार प्रतितोला १९ सय ३० रुपैयाँका दरले कारोबार भएको चाँदी आजका लागि १९ सय ६५ रुपैयाँ निर्धारण भएको महासंघले जनाएको छ ।