काठमाडौं । सुनको मूल्य सोमबार प्रतितोला दुई सय रुपैयाँ बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार प्रतितोला एक लाख ४९ हजार ६ सय रुपैयाँमा कारोबार भएको सुन आजका लागि एक लाख ४९ हजार ८ सय रुपैयाँ निर्धारण भएको हो ।
सोमबार चाँदीको मूल्य पनि बढेको छ । आज चाँदीको मूल्य प्रतितोला एक हजार ७९५ रुपैयाँ निर्धारण भएको महासंघले जनाएको छ । आइतबार चाँदी प्रतितोला एक हजार ७६० रुपैयाँमा कारोबार भएको थियो ।