• Menu

सुनको मूल्य प्रतितोला ११ सय रुपैयाँ बढ्यो

नेपाल प्रफिट

२०८१ पुस ७, १०:५५

सुनको मूल्य प्रतितोला ११ सय रुपैयाँ बढ्यो

काठमाडौं । सुनको मूल्य आइतबार प्रतितोला ११ सय रुपैयाँ बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार प्रतितोला एक लाख ४८ हजार पाँच सय रुपैयाँमा कारोबार भएको सुन आजका लागि एक लाख ४९ हजार ६ सय रुपैयाँ निर्धारण भएको हो ।

आइतबार चाँदीको मूल्य पनि बढेको छ । आज चाँदीको मूल्य प्रतितोला एक हजार ७९० रुपैयाँ निर्धारण भएको महासंघले जनाएको छ । शुक्रबार चाँदी प्रतितोला एक हजार ७६० रुपैयाँमा कारोबार भएको थियो ।