• Menu

मानव तस्करीको आरोप लागेका कोशी प्रदेशका पूर्वमन्त्री लिलाबल्लभ अधिकारी पक्राउ

नेपाल प्रफिट

२०८१ कात्तिक २५, १३:१४

मानव तस्करीको आरोप लागेका कोशी प्रदेशका पूर्वमन्त्री लिलाबल्लभ अधिकारी पक्राउ

मोरङ । मानव तस्करीको आरोप लागेका कोशी प्रदेशका पूर्वमन्त्री लिलाबल्लभ अधिकारी पक्राउ परेका छन् । विराटनगरस्थित निवासबाटै उनलाई प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला प्रहरी परिसर काठमाडौंको अनुरोधमा पक्राउ परेका अधिकारीलाई आजै एक बजे हवाईजहाजमार्फत् काठमाडौं पठाउने तयारी रहेको मोरङ प्रहरीले जनाएको छ ।

कात्तिक १३ मा दलालको साथमा जापान उडेका अधिकारीमाथि आफूसँगै तीई जनालाई अवैध ढंगले जापान लगेको आरोप छ । उनीहरुलाई जापान सरकारले एयरपोर्टबाटै डिपोर्ट गरेको थियो ।