काठमाडौँ । सुनको मूल्य आज प्रतितोला दुई हजार आठ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि छापावाला सुन प्रतितोला एक लाख ६८ हजार दुई सय तोकेको हो ।
यसअघि कात्तिक १५ गते छापावाला सुन प्रतितोला एक लाख ७१ हजार रुपैयाँमा खरिद–बिक्री भएको थियो । यस्तै चाँदीको मूल्यमा प्रतितोला २१ रुपैयाँ घटेको छ । महासंघले एक तोला चाँदीको मूल्य दुई हजार ३० रुपैयाँ तोकेको हो । यसअघि चाँदी प्रतितोला दुई हजार ९० रुपैयाँमा कारोबार भएको थियो ।