काठमाडौं । नेपाली बजारमा आइतबार फेरि सुनको मूल्यले रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुनको मूल्य तोलामा १४०० रुपैयाँ बढेको छ। यस सँगै स्थानीय बजारमा छापावाल सुनको मूल्य तोलामा १ लाख ६७ हजार ४०० रुपैयाँ पुगेको छ। यो मूल्य हालसम्मकै उच्च हो
अघिल्लो दिन सुनको मूल्य प्रतितोला एक लाख ६६ हजार थियो । केही दिनयता दैनिक रुपमा सुनको मूल्य बढेर कीर्तिमान हुँदै आएको छ।
त्यस्तै चाँदीको मूल्य तोलामा २५ रुपैयाँ बढेको छ । अघिल्लो दिन २०७० रुपैयाँ रहेको चाँदी आइतबार २०८५ पुगेको छ ।
मध्यपूर्वमा जारी युद्ध र नजिकिँदो अमेरिकी चुनावका कारण सुनको मूल्य बढेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।