काठमाडौं । नेपाली बजारमा बिहिबार सुनको मूल्य घटेको छ । बिहिबार सुनको मूल्य तोलामा ७०० रुपैयाँले घटेर एक लाख ६६ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
बुधबार छापावाल सुन प्रतितोला एक लाख ६६ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, बिहिबार चाँदीको मूल्य पनि घटेको छ । बिहिबार चाँदी तोलामा ४० रुपैयाँले घटेर प्रतितोला २ हजार ९५ रुपैयाँमा कारोबार भइरहेको छ ।
बुधबार चाँदी प्रतितोला २ हजार १३५ रुपैयाँमा कारोबार भएको थियो ।