• Menu

सुनको मूल्यमा दिनदिनै रेकर्ड, आज प्रतितोला १ लाख ६६ हजार ७ सयमा कारोबार

नेपाल प्रफिट

२०८१ कात्तिक ७, बुधबार ११:४७

सुनको मूल्यमा दिनदिनै रेकर्ड, आज प्रतितोला १ लाख ६६ हजार ७ सयमा कारोबार

काठमाडौं । सुनको मूल्यले रेकर्ड कायम गरेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुनको मूल्य तोलामा ८०० रुपैयाँ बढेर हालसम्मकै उच्च भएको हो । यससँगै नेपाली बजारमा छापावाल सुनको मूल्य तोलामा १ लाख ६६ हजार ७०० रुपैयाँ पुगेको छ।

मंगलबार सुनको मूल्यले प्रतितोला एक लाख ६५ हजार ९ सय रुपैयाँको रेकर्ड बनाएको थियो । केही दिनयता दैनिक सुनको मूल्य बढिरहेको छ ।

मध्यपूर्वमा जारी युद्ध र नजिकिँदो अमेरिकी चुनावका कारण सुनको मूल्य बढेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।