• Menu

सुनको मूल्यमा आज पनि रेकर्ड, प्रतितोला १ लाख ७८ हजार पुग्ने प्रक्षेपण

नेपाल प्रफिट

२०८१ कात्तिक ६, ११:३४

सुनको मूल्यमा आज पनि रेकर्ड, प्रतितोला १ लाख ७८ हजार पुग्ने प्रक्षेपण

काठमाडौं । सुनको मूल्यले मंगलबार पनि रेकर्ड बनाएको छ । मंगलबार सुन प्रतितोला ३ सय रुपैयाँ बढेर हालसम्मकै उच्च मूल्य एक लाख ६५ हजार ९ सय रुपैयाँको रेकर्ड बनाएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सोमबार सुनको मूल्यले प्रतितोला एक लाख ६५ हजार ६ सय रुपैयाँको रेकर्ड बनाएको थियो । मध्यपूर्वमा जारी युद्ध र नजिकिँदो अमेरिकी चुनावका कारण सुनको मूल्य बढेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

सुनको भाउ लगातार बढ्ने प्रक्षेपण भइरहेको छ । सुनको मूल्य सन् २०२५ अक्टोबरभित्रै प्रतिऔंस २९४१ डलरसम्म पुग्ने अनुमान लन्डन बुलियन मार्केट एसोसिएसनले गरेको छ ।

एसोसिएसनको प्रक्षेपणअनुसार सुनको मूल्य बढ्यो भने नेपाली बजारमा एक वर्षभित्रै सुनको भाउ प्रतितोला एक लाख ७८ हजार रुपैयाँ नाघ्नेछ । एक औंसमा २.४३ तोला हुन्छ ।