काठमाडौं । सुनको मूल्य आज फेरि ऐतिहासिक उचाइमा पुगेको छ । अन्तर्राष्ट्रिय बजारमा लगातार उकालो लागेसँगै नेपाली बजारमा पनि सुनको मूल्य बढेको हो ।
आज सुन प्रतितोला ६ सय रुपैयाँ महँगिएको छ । आइतबार एक लाख ६५ हजार रुपैयाँ रहेको सुनको भाउ आजका लागि एक लाख ६५ हजार रुपैयाँ निर्धारण भएको हो ।
आज चाँदीको मूल्यले पनि रेकर्ड बनाएको छ । चाँदी प्रतितोला २०९५ रुपैयाँ पुगेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार प्रतितोला २०७५ रुपैयाँ रहेको चाँदी आज २० रुपैयाँ महँगिएको छ ।
मध्यपूर्वी युद्ध र नजिकिँदो अमेरिकी चुनावका कारण सुनको मूल्य लगातार उकालो लागेको जानकारहरुले बताएका छन् ।