• Menu

सुनको मूल्य हालसमम्मकै उच्च, प्रतितोला एक लाख ६५ हजार

नेपाल प्रफिट

२०८१ कात्तिक ४, ११:५३

सुनको मूल्य हालसमम्मकै उच्च, प्रतितोला एक लाख ६५ हजार

काठमाडौँ । स्थानीय बजारमा सुनको मूल्य हालसम्मकै उच्च भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको मूल्य प्रतितोला ६ सयले वृद्धि भइ एक लाख ६५ हजार कायम भएको छ ।

महासंघका अनुसार शुक्रबार छापावाल सुन प्रतितोला एक लाख ६४ हजार ४ सयमा कारोबार भएको थियो ।

त्यस्तै चाँदीको मूल्य तोलामा ९५ ले वृद्धि भएको छ । शुक्रबार प्रतितोला एक हजार ९ सय ८० मा कारोबार भएको चाँदीको मूल्य आइतबारका लागि भने २ हजार ७५ निर्धारण भएको महासंघले जनाएको छ ।