• Menu

प्रतितोला एक लाख ६२ हजार ४ सय पुग्यो सुनको भाउ

नेपाल प्रफिट

२०८१ कात्तिक १, ११:४६

प्रतितोला एक लाख ६२ हजार ४ सय पुग्यो सुनको भाउ

काठमाडौं । सुनको मूल्यले नयाँ उचाइ कायम गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले बिहीबारका लागि सुनको मूल्य प्रतितोला १ लाख ६२ हजार ४ सय रुपैयाँ निर्धारण गरेको हो ।

बिहीबारका लागि निर्धारित मूल्य अघिल्लो दिनको तुलनामा ६ सय रुपैयाँ बढी हो । बुधबार १ लाख ६१ हजार ८ सय रुपैयाँमा सुन किनबेच भएको थियो ।

चाँदीको भाउ भने आज बढेको छैन । बुधबार चाँदी प्रतितोला १९५० रुपैयाँमा कारोबार भएको थियो ।