काठमाडौँ । स्थानीय बजारमा शुक्रबार सुनको मूल्यले नयाँ कीर्तिमान कायम गरेको छ । हिन्दु नारीहरुको महत्त्वपूर्ण पर्व हरितालिका तीजको रमझम चलिरहेको बेला सुनको मूल्यले नयाँ कीर्तिमान कायम गरेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य प्रतितोला एक हजार तीन सयले वृद्धि भएको छ । बिहीबार प्रतितोला एक लाख ५२ हजारमा कारोबार भएको छापावाला सुनको मूल्य शुक्रबारका लागि एक लाख ५३ हजार तीन सय निर्धारण भएको छ ।
चाँदीको मूल्य तोलामा ३० ले वृद्धि भएको छ । विहीबार तोलामा एक हजार सात सय ६५ मा कारोबार भएको चाँदीको मूल्य शुक्रबारका लागि भने एक हजार सात सय ९५ निर्धारण भएको छ ।