काठमाडौं । सर्वोत्तम सिमेन्टले गत आर्थिक वर्ष २०८०/८१ मा १७ करोड ४२ लाख रुपैयाँ खुद नाफा गरेको छ । अघिल्लो आर्थिक वर्षमा २१ करोड ३८ लाख रुपैयाँ खुद नाफा गरेको कम्पनीले यो वर्ष १८.५१ प्रतिशत कम नाफा गरेको हो ।
सञ्चालन आम्दानी बढे पनि बिक्री लागत बढेका कारण कम्पनीको खुद नाफा प्रभावित भएको देखिन्छ । सर्वोत्तम सिमेन्टको बिक्री लागत ४ अर्ब ४० करोड ८७ लाख रुपैयाँ रहेकोमा यो वर्ष २६.५१ प्रतिशतले बढेर ५ अर्ब ५७ करोड ७६ लाख रुपैयाँ पुगेको छ ।
कम्पनीको सञ्चालन आम्दानी १८.४७ प्रतिशतले बढेर ६ अर्ब ३७ करोड ३७ लाख रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष कम्पनीको सञ्चालन आम्दानी ५ अर्ब ३८ करोड २ लाख रुपैयाँ थियो ।
प्रतिसेयर आम्दानी ३ रुपैयाँ ७५ पैसा रहेको कम्पनीको प्रतिसेयर नेटवर्थ १९८ रुपैयाँ ८३ पैसा छ । कम्पनीको चुक्ता पुँजी ४ अर्ब ६५ करोड रुपैयाँ छ ।