• Menu

नेपाल फाइनान्सको वितरणयोग्य नाफा २० करोड ८२ लाख ऋणात्मक

नेपाल प्रफिट

२०८१ साउन २०, १२:३९

नेपाल फाइनान्सको वितरणयोग्य नाफा २० करोड ८२ लाख ऋणात्मक

काठमाडौं । नेपाल फाइनान्सले गत आर्थिक वर्ष २०८०/८१ को वित्तीय विवरण सार्वजनिक गरेको छ । आइतबार सार्वजनिक वित्तीय विवरणअनुसार कम्पनीले गत आवमा १ करोड ८१ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।

कम्पनीको नाफा अघिल्लो आव २०७९/८० को तुलनामा १०.०१ प्रतिशत कम हो । कम्पनीले अघिल्लो आवमा २ करोड १ लाख खुद नाफा गरेको थियो ।

कम्पनीले खराब कर्जा भने घटेको जनाएको छ । खराब कर्जा समीक्षा अवधिमा १२.१६ बाट ९.११ प्रतिशतमा झरेको वित्तीय विवरणमा उल्लेख छ ।

नेपाल फाइनान्सको वितरणयोग्य नाफा २० करोड ८२ लाख रुपैयाँले ऋणात्मक छ । कम्पनीको प्रतिसेयर आम्दानी २.४८ रुपैयाँ छ । त्यस्तै मूल्य आम्दानी अनुपात ३६०.१५ गुणा र प्रतिसेयर नेटवर्थ १३७.५२ रुपैयाँ छ ।

कम्पनीको खुद ब्याज आम्दानी भने १९.८६ प्रतिशतले बढेर ११ करोड ७ लाख रुपैयाँ पुगेको छ । त्यस्तै सञ्चालन नाफा १०.०३ प्रतिशतले बढेर २ करोड ५८ लाख रुपैयाँ पुगेको छ ।