काठमाडौँ । सुनको मूल्य हालसम्मकै उच्च भएको छ । मंगलबार ९ सय रुपैयाँ प्रतितोला बढेर सुनको मूल्य हालसम्मकै उच्च बनेको हो ।
सोमबार प्रतितोला एक लाख ४६ हजार नौ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आजका लागि एक लाख ४७ हजार आठ सय रुपैयाँ निर्धारण भएको छ ।
यस्तै, सोमबार प्रतितोला एक लाख ४६ हजार दुई सयमा कारोबार भएको तेजाबी सुन आजका लागि एक लाख ४७ हजार एक सय रुपैयाँ निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, चाँदीको मूल्य तोलामा १० रुपैयाँ घटेको छ । सोमबार प्रतितोला एक हजार ८८५ रुपैयाँमा कारोबार भएको चाँदी आजका लागि एक हजार ८७५ रुपैयाँ निर्धारण भएको हो ।