• Menu

रिलायन्सको आईपीओ स्थगन, सात दिनभित्र जवाफ पेस गर्न धितोपत्र बोर्डलाई लेखा समितिको स्पष्टीकरण

नेपाल प्रफिट

२०८१ असार २७, १०:०६

रिलायन्सको आईपीओ स्थगन, सात दिनभित्र जवाफ पेस गर्न धितोपत्र बोर्डलाई लेखा समितिको स्पष्टीकरण

काठमाडौं । रिलायन्स स्पिनिङ मिल्सको प्राथमिक सेयर (आईपीओ) निष्कासन स्थगित भएको छ । कम्पनीको आईपीओ निष्कासन विवादमा परेसँगै संसद्को सार्वजनिक लेखा समिति स्पष्टीकरण सोधेपछि नेपाल धितोपत्र बोर्डले निष्कासन स्थगित गरेको हो ।

लेखा समितिले मंगलबार बोर्डलाई रिलायन्सको आईपीओका सम्बन्धमा उठेका विषय स्पष्ट पार्न पत्र पठाएको थियो । समितिले सात दिनभित्र रिलायन्सको आईपीओका विषयमा स्पष्ट पार्न भनेको छ । समितिलाई जवाफ पठाएपछि मात्र प्रक्रिया अगाडि बढ्ने धितोपत्र बोर्डले जनाएको छ ।

कम्पनीले वैदेशिक रोजगारीमा गएका नेपालीका लागि आज (असार २७) बाट आईपीओ निष्कासन गर्न लागेको थियो । कम्पनीले बुक बिल्डिङ विधिमार्फत प्रतिकित्ता ८२० रुपैयाँ ८० पैसामा आईपीओ जारी गर्न लागेको हो ।