• Menu
s

लगातार पाँचौं दिन पनि घटेर बन्द भयो सेयर बजार

नेपाल प्रफिट

२०८३ असार १२, शुक्रबार १५:३८

लगातार पाँचौं दिन पनि घटेर बन्द भयो सेयर बजार

काठमाडौं । धितोपत्र बजारका सेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो अंकले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार, नेप्से परिसूचक दुई अंकले ओरालो लागेर २६४९.५१ मा पुगेको भएको छ । ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.५५ अंकले ओरालो लागेर ४५७.६८ मा पुगेको भएको छ ।

कूल ३५९ कम्पनीको ७७ लाख २७ हजार ६४९ कित्ता सेयर तीन अर्ब ९४ करोड ५८ लाख चार हजार ५५२ मूल्यमा खरिद बिक्री भएको छ ।

कारोबारका आधारमा ग्लोबल आइएमइ बैंकको डिबेञ्चर २०८६/८७ शीर्ष स्थानमा छ । यस्तै,  ग्लोबल आइएमई बैंकको डिवेञ्चर, २०८४/८५,नेपाल बैंकको डिवेञ्चर २०८७, आँखुखोला जलविद्युत कम्पनी र सिटी होटल शीर्ष स्थानमा छ ।

नेप्सेका अनुसार, स्नो रिभर फल्स, टक्सार पिलुवा खोला हाइड्रोपावर, याम्बलिङ हाइड्रोपावर, एनएमबी डिवेञ्चर २०८९/९०  र  एनएमबी डिवेञ्चर-२०९० का लगानीकर्ताले कमाएका छन् ।

यस्तै, कालिका लघुवित्त,सप्तकोशी डेभलपमेन्ट बैंक,एनआइसी एशिया ऋणपत्र २०८०,सोपान फर्मासिटिकल्स र माईखोला हाइड्रोपावरका लगानीकर्ताले भने गुमाएका छन् ।