
काठमाडौं । सेयर बजारमा मंगलबार उल्लेख्य गिरावट देखिएको छ । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक २६.१६ अंकले ओरालो लागेर २ हजार ६७४ अंकमा कायम भएको छ । सोमबार नेप्से १.४६ अंकले मात्र घटेको थियो ।
कारोबार रकममा पनि घटेको छ । अघिल्लो दिन ४ अर्ब ४४ करोड रुपैयाँ बराबरको कारोबार भएकोमा मंगलबार ४ अर्ब ३६ करोड रुपैयाँमा सीमित भयो । कारोबारमा सहभागी कम्पनीमध्ये २२ वटाको सेयर मूल्य बढ्दा २३९ वटाको घट्यो भने ११ वटाको मूल्य स्थिर रह्यो ।
समूहगत सूचकतर्फ उत्पादन तथा प्रशोधन क्षेत्र सबैभन्दा बढी १.९२ प्रतिशतले घट्यो। यस्तै व्यापार समूह १.५७ प्रतिशत, जलविद्युत १.६३ प्रतिशत, फाइनान्स १.२८ प्रतिशत, होटल तथा पर्यटन १.११ प्रतिशत, लगानी १.०३ प्रतिशत, निर्जीवन बिमा १.०१ प्रतिशत तथा जीवन बिमा ०.८५ प्रतिशतले ओरालो लागे । बैंकिङ, विकास बैंक, लघुवित्त र अन्य समूहका सूचक पनि घटेका छन्।
यता हालै सूचीकृत भएका टक्सार पिखुवाखोला जलविद्युत र याम्बलिङ जलविद्युत् कम्पनीको सेयर मूल्य भने सकारात्मक सर्किट लाग्दै १५ प्रतिशतले वृद्धि भएको छ। मूल्यवृद्धिपछि दुवै कम्पनीको प्रतिकित्ता मूल्य ३९६ रुपैयाँ ७० पैसा पुगेको छ।
गुमाउने कम्पनीतर्फ बुंगल जलविद्युत्को सेयर मूल्य १५ प्रतिशतले घट्यो। त्यसैगरी एपोलो जलविद्युत ११.१२ प्रतिशत, सोपान औषधि उद्योग ७.०५ प्रतिशत र कालिन्चोक जलविद्युत् ५.६४ प्रतिशतले घटेका छन्।
कारोबार रकमका आधारमा आँखुखोला जलविद्युत, सोपान औषधि उद्योग, रिलायन्स स्पिनिङ मिल्स, एनआरएन पूर्वाधार तथा बुंगल जलविद्युत सबैभन्दा बढी कारोबार हुने कम्पनीको सूचीमा परेका छन्।
Copyright © Nepal Profit - 2026 / Developed By Webtech Nepal