• Menu
s

नेप्से परिसूचकमा झिनो अंकको वृद्धि

नेपाल प्रफिट

२०८३ असार ३, बुधबार १७:३९

नेप्से परिसूचकमा झिनो अंकको वृद्धि

काठमाडौं । नेप्से परिसूचक आज झिनो अंकले उकालो लागेको छ । नेप्से परिसूचक आज ०.०८ अंकले उकालो लागेर २०७०५.५३ मा पुगेको छ । ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक भने ०.२० अंकले घटेको छ ।

कुल ३५२ कम्पनीको ८३ लाख ७५ हजार ४७१ कित्ता सयर तीन अर्ब ६३ करोड ७५ लाख ८९ हजार १० रुपैयाँमा कारोबार भएको छ । कारोबारका आधारमा एनआरएन इन्फास्टक्चर एन्ड डेभलपमेन्ट लिमिटेड शीर्ष स्थानमा छ । यस्तै, रिलायन्स स्पिनिङ मिल्स, बुङ्गल हाइड्रो, सेन्ट्रल फाइनान्स, आँखु खोला जलविद्युत् कम्पनी शीर्ष पाँचभित्र पर्न सफल भएका छन् ।

सोपान फर्मासिटिकल्स, अपोलो हाइड्रोपावर, बुंगल हाइड्रो र त्रिशूली जलविद्युत् कम्पनीका लगानीकर्ताले कमाएका छन् । डोल्टी पावर कम्पनीका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् ।