
काठमाडौं । सरकारले आज मन्त्रिपरिषद्को बैठक बोलाएको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा शुक्रबार दिउँसो २ बजे बस्ने बैठकमा समसामयिक राजनीतिक, प्रशासनिक तथा विकास निर्माणसँग सम्बन्धित विभिन्न विषयमा छलफल हुने जनाइएको छ।
बैठकमा सरकारका नियमित एजेन्डासहित विभिन्न मन्त्रालयबाट प्रस्तुत प्रस्तावमाथि पनि आवश्यक निर्णय हुने अपेक्षा गरिएको छ। साथै, समसामयिक राष्ट्रिय विषय र विकास आयोजनाको प्रगतिबारे समेत समीक्षा हुने बताइएको छ।
Copyright © Nepal Profit - 2026 / Developed By Webtech Nepal