• Menu

वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि रिलायन्स स्पिनिङको आईपीओ निष्कासन

नेपाल प्रफिट

२०८१ असार १९, बुधबार १४:३५

वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि रिलायन्स स्पिनिङको आईपीओ निष्कासन

काठमाडौं । रिलायन्स स्पिनिङ मिल्सले वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि प्राथमिक निष्कासन (आईपीओ) जारी गर्ने भएको छ ।

रिलायन्सले बुक बिल्डिङ विधिबाट असार २७ देखि वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ निष्कासन गर्न लागेको हो ।

रिलायन्सको आईपीओका लागि प्रतिकित्ता ८२०.८० रुपैयाँका दरले न्यूनतम ५० कित्ता र अधिकतम २० हजार कित्ताका लागि आवेदन दिन सकिनेछ ।

कम्पनीले सार्वजनिक निष्कासनका लागि छुट्याएको ११ लाख ५५ हजार ९६० कित्ता साधारण सेयरको १० प्रतिशत अर्थात् १ लाख १५ हजार ५९६ कित्ता सेयर वैदेशिक रोजगारीमा रहेकाहरुका लागि निष्कासन गर्न लागेको हो ।

आईपीओमा वैदेशिक रोजगारीमा रहेका नेपालीले साउन १० सम्म आवेदन दिन सक्नेछन् । वैदेशिक रोजगारीमा रहेका नेपालीले सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था र मेरो सेयरबाट आईपीओ भर्न सक्ने जनाइएको छ ।

रिलायन्सको सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल रहेको छ ।