काठमाडौं । सुनको मूल्य आज एकैदिन प्रतितोला १६ सय रुपैयाँ बढेको छ । बिहीबारका लागि छापावाल सुनको मूल्य प्रतितोला १ लाख ४४ हजार ३ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
छापावाल सुन बुधबार प्रतितोला १ लाख ४२ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै तेजावी सुन पनि आजका लागि प्रतितोला १ लाख ४३ हजार ६ सय रुपैयाँ कायम भएको छ ।
त्यस्तै चाँदीको मूल्य ४० रुपैयाँ बढेको छ । बुधबार प्रतितोला १ हजार ८२५ रुपैयाँ रहेको चाँदीको मूल्य आजका लागि १ हजार ८६५ रुपैयाँ कायम भएको छ ।