• Menu

सुनको मूल्य बढेको बढ्यै, एक तोलाको एक लाख ४० हजार ९ सय रुपैयाँ पुग्यो

नेपाल प्रफिट

२०८१ जेठ ६, १२:५०

सुनको मूल्य बढेको बढ्यै, एक तोलाको एक लाख ४० हजार ९ सय रुपैयाँ पुग्यो

काठमाडौं । सुनको मूल्यले आज आइतबार पनि नयाँ रेकर्ड बनाएको छ । सुनको मूल्य आइतबार तोलाको एक लाख ४० हजार ९ सय रुपैयाँ पुगेको छ । यो अहिलेसम्मकै उच्च हो ।

बिहीबार तोलाको एक लाख ४० हजार रुपैयाँ पुगेर रेकर्ड बनाएको सुनको मूल्य शुक्रबार सात सय रुपैयाँ घटेर एक लाख ३९ हजार तीन सय रुपैयाँमा झरेको थियो । शुक्रबारको मूल्यमा आज तोलामा एक हजार ६ सय रुपैयाँ बढेर अहिलेसम्मकै उच्च मूल्य कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज चाँदीको भाउ पनि बढेको छ । शुक्रबार तोलाको एक हजार आठ सय रुपैयाँमा कारोबार भएको चाँदी आज तोलामा ११० रुपैयाँ बढेर एक हजार ९१० रुपैयाँ पुगेको छ ।