• Menu

सुनको मूल्य प्रतितोला एक लाख ४० हजार पुग्यो, बिहीबार बढ्यो १६ सय

नेपाल प्रफिट

२०८१ जेठ ३, ११:५०

सुनको मूल्य प्रतितोला एक लाख ४० हजार पुग्यो, बिहीबार बढ्यो १६ सय

काठमाडौं । सुनको मूल्य एकै दिन प्रतितोला एक हजार ६ सय रुपैयाँ बढेर १ लाख ४० हजार रुपैयाँ पुगेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ प्रतितोला एक हजार ६ सय बढेर एक लाख ४० हजार रुपैयाँ पुगेको हो ।

तेजावी सुनको मूल्य पनि प्रतितोला एक हजार ५५० रुपैयाँ बढेर प्रतितोला एक लाख ३९ हजार तीन सय पुगेको छ । साथै चाँदीको भाउ आज प्रतितोला ६० रुपैयाँ बढेर एक हजार ८०५ रुपैयाँ पुगेको छ ।