• Menu

नौ महिनामै भित्रियो १० खर्ब ८२ अर्ब रेमिट्यान्स, बिदेसिनेको संख्या भने घट्यो

नेपाल प्रफिट

२०८१ वैशाख ३०, १३:३८

नौ महिनामै भित्रियो १० खर्ब ८२ अर्ब रेमिट्यान्स, बिदेसिनेको संख्या भने घट्यो

काठमाडौं । चालु आर्थिक वर्षको ९ महिनामै १० खर्ब ८२ अर्ब रुपैयाँबराबर रेमिट्यान्स भित्रिएको छ । नेपाल राष्ट्र बैंकले आइतबार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक स्थितिअनुसार विप्रेषण आप्रवाह १९.८ प्रतिशतले बढेर १० खर्ब ८२ अर्ब ६२ करोड रुपैयाँ पुगेको हो ।

गत वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २४.२ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह १७.७ प्रतिशतले वृद्धि भई ८ अर्ब १५ करोड पुगेको छ । गत वर्ष १३.९ प्रतिशतले बढेको थियो ।

बिदेसिनेको संख्या भने घटेको छ । समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या ३ लाख २९ हजार ४२२ र पुनः श्रम स्वीकृति लिनेको संख्या २ लाख १२ हजार ७२१ छ ।

गत वर्षको सोही अवधिमा बिदेसिनेको संख्या क्रमशः ३ लाख ८७ हजार ८३९ र २ लाख १७ हजार ९५९ थियो ।